कांग्रेस सांसद माया राई पक्राउको जानकारी प्रहरीले संसद सचिवालयमा गरायो

काठमाडौं । नेपाल प्रहरीले नेपाली कांग्रेसकी सांसद माया राई पक्राउको जानकारी संसद सचिवालयलाई गराएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकारी हरि खतिवडाका अनुसार स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी प्रकरणमा फरार रहेकी राईलाई १३ गते पक्राउ गरिएको उल्लेख छ ।

राईलाई हिरासतमा राखि थप अनुसन्धान भइरहेको जानकारी सचिवालयलाई गरिएको हो ।

उक्त सहकारी ठगी प्रकरणमा जीवी राई फरार रहेका छन् । रवि लामिछाने र छविलाल जोशी भने धरौटीमा रिहा भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *