भारतको जम्मु-कश्मीरस्थित पहलगाममा भएको इस्लामिक आतङ्कवादी हमलामा एक नेपालीसहित २६ जना मारिए । आतङ्कवादीले नाम र धर्म सोध्दै छानीछानी हिन्दू धर्मावलम्बीमाथि गोली चलाएका थिए । ‘कलमा’ वाचन गर्न लगाएर गोली हानिएको दर्दनाक भोगाइ पहलगाम घटनामा बाँचेकाले सुनाइरहेका छन् । आमा, दिदी र भिनाजुसहित घुम्न गएका नेपाली युवा सुदीपलाई पनि इस्लामिक आतङ्ककारीले नाम सोधे, कलमा वाचन गर्न लगाए । सुदीपको नामबाटै थाहा हुन्थ्यो उनको हिन्दू परिचय, अनि उनले कलमा वाचन गर्नसक्ने त कुरै थिएन । अनि आतङ्कवादीले सुदीपमाथि गोली दागे ।
सौभाग्य नै भन्नुपर्छ, नेपाल आजका मितिसम्म इस्लामी आतङ्कवादको क्रीडास्थल भएको छैन । आतङ्कवादीको आततायी व्यवहारबाट नेपाल अहिलेसम्म सुरक्षित छ । नेपालमा अहिलेसम्म आतङ्कवादको बादल मडारिसकेको छैन, तर दुर्भाग्यवश विश्वको जुनसुकै कुनामा हुने आतङ्कवादी हमलामा कतै न कतै नेपालीले ज्यान भने गुमाउनु परिरहेको छ । आतङ्कवाद र आतङ्कवादीसँग कुनै साइनो नभएका नेपाली बारम्बार यस्ता आतङ्की हमलामा ज्यान गुमाउन बाध्य छन् । सार्वजनिक प्लेटफर्ममा उपलब्ध विवरणहरू अनुसार सन् २००० यता कम्तिमा ५० भन्दा बढी नेपालीले नेपाल बाहिर आतङ्कवादी हमलामा ज्यान गुमाएका छन् ।
- वैदेशिक रोजगारीका लागि इराक गएका १२ जना नेपालीलाई २०६१ मा आतङ्कवादी समूह इस्लाम अल-सुन्नाले अपहरण गरेर दानवीय तरिकाले हत्या गर्यो ।
- वैदेशिक रोजगारीकै सिलसिलामा अफगानिस्तान पुगेका १२ जना नेपाली २०७३ को असारमा तालिबानी हमलामा मारिए ।
- २०७० मा इस्लामिक स्टेटको आक्रमणमा परेर इराकमा ३ जना नेपालीले ज्यान गुमाउनुपर्यो ।
- २०७१ मा अफगानिस्तानमै फेरि २ जना नेपालीको तालिबानी हमलामा ज्यान गयो ।
- २०७२ मा सिरियामा आतङ्कवादीले आत्मघाती बम पड्काउँदा २ जना नेपाली मारिए ।
- २०७८ मा साउदी अरेबियामा हुथीहरूले ४ जना नेपालीको हत्या गरे ।
- २०६७ मा नाइजेरियामा बोको हरामले एक जना नेपालीको हत्या गर्यो ।
- कोलम्बिया, इजिप्ट, नाइजेरियामा एक-एक गरेर तीन जनाको आतङ्कवादी हमलामा ज्यान गयो ।
टाढाटाढासम्म पनि आतङ्कवादसँग कुनै साइनो नभएका आफ्ना नागरिक त्यसको चपेटामा परेर मारिँदासमेत सरकार भने एउटा विज्ञप्तिमै आफ्नो जिम्मेवारी सीमित गरिरहेको छ । आक्कल–झुक्कल राहत पनि दिएको जस्तो गरेर आतङ्कवादको घाउमा मल्हम लगाउने प्रयास गर्छ ।
२०८० को असोजमा हमासले इजरायलमा आक्रमण गर्दा १० जना नेपाली विद्यार्थी मारिए । विपीन जोशी अहिलेसम्म बेपत्ता छन् । इजरायलबाट फर्किएका विद्यार्थीले भनेअनुसार उनीहरूले ‘हामी नेपाली हौं’ भन्दै गर्दा पनि हमासले उनीहरूको हत्या गर्यो ।
वैदेशिक रोजगारी वा पढाइको सिलसिलामा देश बाहिर गएका आफ्ना नागरिक मारिँदा अहिलेसम्म नेपालले औपचारिकतास्वरूप विरोध जनाएजस्तो मात्र गर्दै आएको छ । टाढाटाढासम्म पनि आतङ्कवादसँग कुनै साइनो नभएका आफ्ना नागरिक त्यसको चपेटामा परेर मारिँदासमेत सरकार भने एउटा विज्ञप्तिमै आफ्नो जिम्मेवारी सीमित गरिरहेको छ । आक्कल-झुक्कल राहत पनि दिएको जस्तो गरेर आतङ्कवादको घाउमा मल्हम लगाउने प्रयास गर्छ ।
आतङ्कवादसँग सैन्य शक्तिसहित लड्न नसके पनि नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना नागरिक आतङ्कवादको शिकार भएको आवाज भने उठाउन सक्थ्यो । बहुपक्षीय कूटनीतिको प्रयोग गरेर आक्रमणकारी राज्य वा आतङ्ककारी समूहलाई अन्तर्राष्ट्रिय कानूनी चौतारी (आईसीजे, आईसीसी)मा घिसार्न पहल गर्न सक्थ्यो । जेनेभा सम्मेलनअनुसार गैरलडाकु नागरिकको जानाजानी हत्या गर्नु युद्धअपराध हो । यो सम्मेलनको हामी पनि पक्षधर हौं ।
सरकारले नसकेको खण्डमा सरकारलाई दबाब दिनुपर्ने हो नागरिक समाजले । आफ्ना निर्दोष नागरिक मारिँदा तिनको पक्षमा जोडदार आवाज उठाउने दायित्व हो नागरिक समाजको, तर हाम्रा कतिपय नागरिक समाज नेपालीको नृशंस हत्या गर्नेकै पक्षमा सडकमा नाराजुलुस गर्छन् । १० जना नेपाली मार्ने र एक जना बेपत्ता बनाउने हमासको पक्षमा नागरिक समाजको ट्याग झुण्ड्याउँदै हुलका हुल नेपालीहरू दिनहुँ सडकमा प्रदर्शन गरिरहेछन् ।
सरकारले नसकेको खण्डमा सरकारलाई दबाब दिनुपर्ने हो नागरिक समाजले । आफ्ना निर्दोष नागरिक मारिँदा तिनको पक्षमा जोडदार आवाज उठाउने दायित्व हो नागरिक समाजको, तर हाम्रा कतिपय नागरिक समाज नेपालीको नृशंस हत्या गर्नेकै पक्षमा सडकमा नाराजुलुस गर्छन् ।
कहिल्यै नदेखिएको गाजाको नक्सा बोकेर, कहिल्यै नचिनेको भाषा चिच्याउँदै, दिनहुँजसो शहरका सडकमा उर्लने ‘क्रान्तिकारी’हरूलाई एउटा सानो प्रश्न छ- इजरायलमा हमासले मारेका १० जना नेपालीका लागि तपाईंको एक थोपो आँसु कहिले खस्यो ?
ती १० जना नेपाली युवा- जो न सैनिक थिए न त हमासविरोधी- तिनलाई मार्नु मानवताविरोधी अपराध थियो भनेर जो-कोहीले भन्नसक्छ, तर नेपालका कथित ‘सडकजीवी’ ले सक्दैनन् । जुलियन असान्ज पक्राउ पर्दा होस् कि रिहा हुँदा माइतीघरको दुबो माड्नेहरू इस्लामिक आतङ्कवादीले नाम र धर्म सोधेर सुदीपको हत्या गर्दा आतङ्कवादको कुनै ‘धर्म हुँदैन’ भन्न थाल्छन् ।
आतङ्कवादको कुनै धर्म हुँदैन भने सुदीपको धर्म र नाम किन सोधियो ? कलमा वाचन गर्न किन भनियो ? आतङ्कवादको कुनै धर्म हुँदैन भन्ने हो भने नास्तिकहरू किन आतङ्कवादी हुँदैनन् ? नास्तिकताको नाममा कोही किन आत्मघाती बम पड्काउँदैन ?
जगजाहेर छ, नेपाली बौद्धिकहरूको ‘पात्र चयन’ स्पोन्सरशिप र ह्यासट्याग अनुकूलतामा आधारित हुन्छ भनेर । आफ्ना मान्छे मर्दा नदुख्ने यी कथित बौद्धिकको चित्त कसैले ‘नाम र धर्म सोधेर किन हत्या गरियो’ भन्दा दुख्छ ? आतङ्ककारीले नेपालीको रगत बगाउँदा मौन बस्नेहरूले गाउने ‘न्यायको भजन’ कर्कश ध्वनिमात्र हो ।
शब्दको भारी बोक्नेहरूले एक पटक आफ्ना शब्द नेपालीका लागि प्रयोग गर्न नसक्ने हो भने त्यो विचार होइन, त्यो अभिनय हो । स्वदेशी पीडालाई बेवास्ता गर्दै विदेशी क्रान्तिलाई काखी च्याप्ने अभ्यास अब ‘बौद्धिक इमान’ होइन, ‘नैतिक दिवालियापन’ को प्रमाण हो । इराक, अफगानदेखि पहलगामसम्मका घटनामा मारिएका निर्दोष नेपालीका परिवारको आँसु, उनीहरूको बिलौना र उनीहरूको जीवनमा आएको बज्रपातले यो बौद्धिक जमातको निद्रा कहिल्यै भंग गरेन, तर यही समाज जब हमासको पक्षमा सडकमा उत्रिन्छ, तब उनीहरूको जोश, जाँगर र क्रान्तिकारी नाराहरू बाढी देखेर लाग्छ- यो त विश्व शान्तिको लागि लड्ने महान योद्धाहरूको टोली हो !
आफ्ना मान्छे मर्दा नदुख्ने यी कथित बौद्धिकको चित्त कसैले ‘नाम र धर्म सोधेर किन हत्या गरियो’ भन्दा दुख्छ ? आतङ्ककारीले नेपालीको रगत बगाउँदा मौन बस्नेहरूले गाउने ‘न्यायको भजन’ कर्कश ध्वनिमात्र हो ।
कुनै न कुनै प्रकारको आतङ्कवादका नाममा यिनको दिनहुँजसो र्याली, आन्दोलन, सामाजिक सञ्जालमा ह्यासट्यागको तूफान र हमासको झन्डा बोकेर उभिने यो उत्साह देख्दा त बुद्धको शान्तिको सन्देश पनि लज्जित हुन्छ होला ! यो बौद्धिक समाजको कमाल यत्तिमा मात्र सीमित छैन । उनीहरूले मानव अधिकार, स्वतन्त्रता र न्यायका मोटा-मोटा किताब त पढेका छन्, तर लाग्छ, ती किताबमा नेपालीको ज्यानको कुनै मूल्य छैन ।
‘नैतिकता’ र ‘मानवता’ का ठूल्ठूला लेक्चर दिने यी बुद्धिजीवीहरूको संवेदनशीलता तब किन हराउँछ, जब कुरा आफ्नै देशवासीको पीडाको हुन्छ ? जब-जब आतङ्कवादको कुरा आउँछ, जब-जब नेपाली मार्ने आतङ्कीमाथि कसैले हमला गर्छ, यिनीहरू आतङ्कवादीको पक्षमा बिजुली गतिमा सडकमा ओर्लिन्छन् । यो दोहोरो चरित्र देखेर लाग्छ, यो समाजको कम्पासले सधैं एउटै दिशामात्र देखाउँछ- जहाँ अन्तर्राष्ट्रिय हेडलाइनको चमक हुन्छ । जहाँ ‘फेसनेबल’ आन्दोलनको रंग हुन्छ, त्यहाँ हुन्छन् यी सोकल्ड बौद्धिक । नेपालीको रगत र आँसु त उनीहरूको रडारमा पर्दैन ।
यो तमाशा यति हास्यास्पद छ कि कहिलेकाहीँ लाग्छ, यो बौद्धिक समाजले आफ्नो ‘नैतिकता’ को मापदण्ड कुनै अनौठो नियमावलीबाट लिएको छ । ती नियमावलीमा सायद लेखिएको छ- ‘नेपालीको पीडा तुच्छ हो, तर आतङ्कवादीको ‘संघर्ष’ को समर्थन गर्नु बौद्धिकताको परिचय हो ।’
आफ्नै दाजुभाइ मार्ने आतङ्कीको पक्ष लिनु नै बौद्धिकता हो भने यस्तो बौद्धिकतालाई बागमतीमा सेलाउँदा हुन्छ । यो बौद्धिकता नेपाली समाजका लागि आतङ्कवादभन्दा बढ्ता घातक छ । यो बौद्धिक आतङ्कबाट जति सक्दो मुक्त भएको र टाढिएको राम्रो ।
यो कस्तो बौद्धिकता हो, जो आफ्नै माटोको पीडा देख्दैन ? यो कस्तो नागरिक समाज हो, जो आफ्नै नागरिकको आँसु देख्दैन ? यो कस्तो बौद्धिकता हो, जसले आफ्नै मान्छेको पीडा देख्दैन ?
यो समाजको यो छद्म संवेदनशीलता देखेर कहिलेकाहीँ हाँसो उठ्छ, कहिलेकाहीँ रिस ! जब विश्वका कुनै कुनामा मानव अधिकारको कुरा उठ्छ, तब यही बौद्धिक जमात सबैभन्दा अगाडि उभिन्छ । उनीहरूको लेख, भाषण र ट्वीटले सामाजिक सञ्जाल रंगीन हुन्छ, तर जब नेपालीको रगत बग्छ, तब उनीहरूको बोली एकाएक बन्द हुन्छ । कथंकदाचित बोली खुलिहाल्यो भने पनि त्यो औपचारिकतामा मात्र सीमित हुन्छ ।
यो कस्तो बौद्धिकता हो, जो आफ्नै माटोको पीडा देख्दैन ? यो कस्तो नागरिक समाज हो, जो आफ्नै नागरिकको आँसु देख्दैन ? यो कस्तो बौद्धिकता हो, जसले आफ्नै मान्छेको पीडा देख्दैन ?
अन्तमा, यो बौद्धिक र नागरिक समाजलाई एउटा सुझाव- अर्कोपटक कुनै पनि आतङ्कवादी समूहको झन्डा बोकेर सडकमा उत्रिनुअघि, कुनै पनि आतङ्कवादी संगठनका पक्षमा ट्वीट लेख्नु अगाडि इराकदेखि अफगान, इजरायल हुँदै कश्मीरसम्म मारिएका नेपालीका बारेमा सोच्ने कष्ट गर्नुहोला । त्यसपछि तिनको न्यायको लागि एक ट्वीट लेख्नुहोस् । हैन भने तपाईंहरूको यो ‘नैतिकता’ को नौटंकी र ‘संवेदनशीलता’ को ढोंगमाथि जग हाँस्छ ।
हामी अन्तर्राष्ट्रिय न्यायका पक्षमा उभिन सक्छौं । प्यालेस्टिनी जनताको मानवीय पक्षप्रति सहानुभूति राख्न सक्छौं । कश्मीरमा अमनचयनको कामना गर्न सक्छौं, तर आफ्नै देशका निर्दोष नागरिकको हत्यालाई पनि मौनताले ओझेल पार्दै तपाईंले ‘न्याय’को भाषण गर्दा हामीले कान र नाक दुवै थुन्नुपर्छ ।

Leave a Reply