एमाले संसदीय दल बैठक: विद्यालय शिक्षा र संघीय निजामती विधेयक निष्कर्षमा पुर्‍याउन पहल गर्ने

काठमाडौं । नेकपा एमालेले विद्यालय शिक्षा र संघीय निजामतीलगायतका विधेयक छिटोभन्दा छिटो निष्कर्षमा पुर्‍याउन पहलकदमी लिने भएको छ ।

एमाले संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा, संघीय निजामतीलगायत अन्य विचाराधीन विधेयकहरुलाई गुणस्तरीय कानून बनाउने गरी छिटोभन्दा छिटो निष्कर्षमा पुर्‍याउन संसदीय दल र सदस्यहरुले प्रभावकारी पहलकदमी लिने निर्णय गरेको हो ।

एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार बैठकले निम्नानुसार निष्कर्षहरु निकालेको छः

१) संसदीय काम र जिम्मेवारीलाई मुख्य प्राथमिकतामा राखी कुशलता र सक्रियताका साथ सम्पादन गर्न संसदीय दलको नेता तथा प्रधानमन्त्रीबाट दलका सम्पूर्ण सदस्यहरुलाई निर्देशन ।

२) मुलुकको राष्ट्रियता, स्वाधीनता, सार्वभौमिकता, राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहिष्णुताप्रति सदैव चनाखो रहँदै जनसरोकार र राष्ट्रिय महत्त्वका नीति, योजना र विषयहरुलाई संसदमार्फत सशक्त ढंगले उठान गर्ने ।

३) संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक, संघीय निजामती विधेयकलगायत र अन्य विचाराधीन विधेयकहरुलाई गुणस्तरीय कानून बनाउने गरी छिटोभन्दा छिटो निष्कर्षमा पुर्‍याउन नेकपा एमाले संसदीय दल र सदस्यहरुले प्रभावकारी पहलकदमी लिने ।

४) संसदमा हुनसक्ने संसदीय मूल्य मान्यता, संस्कृति र नियमावलीविपरीत सत्यलाई असत्यले छोप्ने प्रवृत्ति र क्रियाकलापहरुको विपक्षमा सदैव उभिँदै संसदलाई स्वच्छ, मर्यादित र सिर्जनशील तथा रचनात्मक बहसको थलोको रुपमा स्थापित गर्दै अगाडि बढाउन जीवन्त भूमिका निर्वाह गर्ने ।

Comments

2 responses to “एमाले संसदीय दल बैठक: विद्यालय शिक्षा र संघीय निजामती विधेयक निष्कर्षमा पुर्‍याउन पहल गर्ने”

  1. ksp pyl Avatar
    ksp pyl

    विधेयकहरू चाहिँ निश्कर्षमा पुर्याउने भन्दै धकेल्दै दलहरू ।

  2. Mania Thompson Avatar
    Mania Thompson

    होशियार!!! नेपाली जन फेरि यो नेपाल आमाको कुलाङ्गारहरुले को बाट के मा कति पेर्सेन्ट शेयर कमिसनको रूपमा लिएर असली बाम (माछा) जस्तै चिप्लो हुने भए। नेपाली रुपि माफिया ग्याङ्ग = एमाले त्यसको god father औंसिमा जन्मेको खड्गे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *