माओवादीकाे विराटनगर महानगर कमिटीमा जनार्दन शर्मा निकट प्यानलै विजयी

विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटीको अध्यक्षमा दिनेशकुमार राजवंशी (देव)को प्यानल निर्वाचित भएको छ । जनार्दन शर्मा समूहबाट राजवंशी नेतृत्वको प्यानल नै विजयी भएको हो ।

राजवंशीले ४६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नमिता न्यौपानेले ३५ मत पाइन् । न्यौपानेलाई पार्टी अध्यक्ष प्रचण्डको साथ रहेको बताइएको छ ।

राजवंशीको समूहबाट उपाध्यक्षहरूमा चन्द्रबहादुर वन (३६ मत), धर्मलाल माझी (३६ मत) र सनोजकुमार यादव (४४ मत) निर्वाचित भए । यसैगरी सचिवमा सोनु मेवट (४२ मत) र सहसचिवमा दिनेशकुमार कामत (३९ मत) निर्वाचित भए ।

न्यौपाने समूहबाट उपाध्यक्षका उम्मेदवारहरू केमुना ओडारी (शारदा), चन्द्रबहादुर वन र शिवराम थन्दारले क्रमशः ३३, ३६ र ३३ मत पाए । सचिव उम्मेदवार मोहमद अजामले ३६ र सहसचिव भरत गिरी (गोसाइ)ले ३२ मत पाए । सहसचिवकै अर्का उम्मेदवार चम्पा खत्रीले भने जम्मा ७ मत पाइन् ।

कोषाध्यक्षमा भने मनिष सोनी निर्विरोध निर्वाचित भएका थिए । माओवादी केन्द्रको विधानमा कार्यसमिति सदस्यहरूले मतदानमार्फत पदाधिकारी चयन गर्ने प्रावधान छ ।

Comments

One response to “माओवादीकाे विराटनगर महानगर कमिटीमा जनार्दन शर्मा निकट प्यानलै विजयी”

  1. ksp pyl Avatar
    ksp pyl

    प्रचण्ड विनाको माओवादी बन्दैछ । बधाई छ जनार्दन शर्माज्यू । यसरी नै अघि बढनुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *