काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनबीच भेटवार्ता भएको छ । अध्यक्ष लिङदेन र प्रवक्ता मोहन श्रेष्ठले सुवेदीको निवासमै पुगेर भेट गरेका हुन् ।
सुवेदीमात्रै होइन, लिङदेनले अर्का राजनीतिज्ञ बालाराम घर्तीमगरलाई पनि उनको पनि निवासमै पुगेर भेट गरेका छन् ।
भेटका क्रममा दुई अग्रज नेताहरुसँग लामो राजनीतिक अनुभव सुन्ने, राजसंस्था पुनःस्थापना आन्दोलनको आगामी कार्यदिशा र समसामयिक राजनीतिबारे विमर्श गर्ने, विगत र वर्तमानका बारेमा कुराकानी भएको प्रवक्ता श्रेष्ठले बताए ।
अध्यक्ष लिङदेनले सुवेदीसँग छुट्टै छलफलसमेत गरेको प्रवक्ता श्रेष्ठले बताए । सुवेदीले चैत १५ गतेको तीनकुने घटना र २४ दिन नजरबन्दमा बस्दाको नालीबेली सुनाएको उनले बताए ।

Leave a Reply