प्रचण्डले भने- माओवादी घटकका दुई पार्टीसँग एकताको वार्ता आजै हुँदैछ (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराई-मधेश जागरण अभियानपछि सिंगो मधेश माओवादी र प्रचण्डमय भएको दाबी गरेका छन् ।

माओवादी सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्र पनि एकताको नयाँ आधार बन्दै गइरहेको बताए ।

प्रचण्डले आजै माओवादी घटकको दुई पार्टीबीच एकताबारे वार्ता हुन लागेको बताए ।

उनले भने, ‘म आज अलि हतारमा छु, दुई माओवादी घटकसँग एकताको विषयमा कुरा गर्न अहिले नै जाँदैछु । वार्ताको नेतृत्व मैले नै गर्दैछु, फेरि हामी एकताको नयाँ प्रक्रियातिर जाँदैछौं ।‚

प्रचण्डले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा गरेका कामले पार्टीप्रति आकर्षण बढेको सुनाए ।

Comments

One response to “प्रचण्डले भने- माओवादी घटकका दुई पार्टीसँग एकताको वार्ता आजै हुँदैछ (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    खुस्कन बेर छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *