मोरङमा मनाइयो मनमोहन स्मृति दिवस

विराटनगर । नेपालका प्रथम निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको १९औँ स्मृति दिवस मनाइएको छ ।मनमोहन प्राविधिक विश्वविद्यालयमा कार्यक्रम गरी स्मृित दिवस मनाइएको हो ।

कार्यक्रममा केशवप्रसाद गौतमले अधिकारीलाई नेपालको राजनीतिक इतिहासमा प्रेरणादायी व्यक्तित्वको रूपमा स्मरण गरे ।

मनमोहन अधिकारीको आदर्श, साधारण जीवनशैली र राष्ट्रप्रेम आजको सन्दर्भमा अझै सान्दर्भिक रहेको बताउँदै गौतमले अधिकारीबाट सत्य, निष्ठा र सेवा सिक्नुपर्ने समय भएको बताए ।

विश्वविद्यालयका रजिस्ट्रार दिलनाथ फुयालले वैशाख १३ गते स्मृति दिवस, असार १५ गते जन्मजयन्ती र असोज १६ गते विश्वविद्यालयको स्थापना दिवसलाई संस्थागत रूपमा मनाइने गरेको बताए ।

कार्यक्रममा उद्योगी मुकेश उपाध्यायले अधिकारीको आर्थिक दर्शन र आत्मनिर्भर राष्ट्रको परिकल्पनालाई व्यवहारमा उतार्नुपर्ने धारणा राखे ।

Comments

One response to “मोरङमा मनाइयो मनमोहन स्मृति दिवस”

  1. bharat kumar thapa Avatar

    हार्दिक श्रद्धा सुमन कमरेड

Leave a Reply

Your email address will not be published. Required fields are marked *