गठबन्धन सरकारमा आफैंले भने जस्तो हुँदैन, राष्ट्र बैंकको गभर्नर कांग्रेसले पाउनुपर्छ: प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशरण महतले गठबन्धन सरकार सञ्चालन गर्न सहज नभएको बताएका छन् ।

दाङ पुगेका नेता महतले कार्यकर्ता भेटघाटका क्रममा माओवादीसँग कांग्रेस र एमाले दुवैको सहकार्य राम्रो नभएपछि बाध्य भएर मिल्न परेको सुनाए ।

उनले भने, ‘गठबन्धन भन्नेबित्तिकै सरकार सञ्चालन गर्न त्यति सजिलो हुँदैन । चलिरहेको छ । हामीले सोचेअनुसार सबै कुरा हुँदैन । हामीले भनेको सय प्रतिशत नभए पनि ५० प्रतिशत त होला भनेरै सहकार्यमा छौं । हुँदै नहुनुभन्दा त ५० प्रतिशत भएमात्रै पनि हुनु सही । सके ६० प्रतिशत गरौंला ।’

उनले सत्तामा नहुँदा तल्ला तहका नेता कार्यकर्ताको स्वाभाविक गुनासो हुने गरेको बताए ।

प्रवक्ता महतले भने, ‘सत्तामा नहुँदा साथीहरुले असुरक्षित महसुस गर्ने भए, पुलिस प्रशासनलाई जायज कुरा भन्यो भने पनि टेरपुच्छर नलगाउने, अब सत्तामा हुँदा पनि हामीले भनेको जस्तो हुँदैन । त्यसैले असन्तुष्टि भइरहेका छन् ।’

उनले सत्ता गठबन्धनमा भए पनि सरकारी नियुक्तिमा समान हुनुपर्ने र समन्वय हुनुपर्ने भए पनि पछिल्लो समय नभइरहेको बताए ।

प्रवक्ता महतले विद्युत प्राधिकरणमा एमालेको प्रस्तावलाई स्वीकार गरेकाले राष्ट्र बैंकको गभर्नर कांग्रेसले पाउनुपर्ने बताए ।

Comments

One response to “गठबन्धन सरकारमा आफैंले भने जस्तो हुँदैन, राष्ट्र बैंकको गभर्नर कांग्रेसले पाउनुपर्छ: प्रवक्ता महत”

  1. Mania Thompson Avatar
    Mania Thompson

    यो मनुवारुपी कुरुप र कुठाउमा मुख भएको दिमाग सुन्यले के बोल्दैछु किन बोल्दैछु के का लागिबोल्दैछु र यो कुराले long term impact के पर्छ भन्ने बुज्दो हो कि होओईन? बिसेश्वर कोइराला must be turning in his grave (heaven).

Leave a Reply

Your email address will not be published. Required fields are marked *