प्रधानमन्त्री ओलीमाथि प्रचण्डको आरोप- लाज पचाएर शिक्षकहरूलाई अपमानित गर्दैछन् (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले आन्दोलनरत शिक्षकहरूलाई अपमानित गरेको आरोप लगाएका छन् ।

प्रेस सेन्टर नेपालको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजो ओली विपक्षमा हुँदा शिक्षकहरूलाई आन्दोलन गर्न उक्साएको स्मरण गरे ।

उनले भने, हिजो प्रतिपक्षमा हुँदा शिक्षकहरूलाई आन्दोलन किन नगरेको भन्दै उक्साउने मान्छे अहिले प्रधानमन्त्रीको कुर्सीमा हुनुहुन्छ । अहिले शिक्षकहरू आन्दोलनमा छन्, शिक्षकहरूलाई अपमानित गर्ने काम तिनै प्रधानमन्त्रीबाट भइरहेको छ ।’

प्रचण्डले आफू प्रधानमन्त्री हुँदा शिक्षकहरूको माग सम्बोधन गर्न सहमति गरेको स्मरण गरे ।

उनले शिक्षक, सहकारी र लघुवित्त पीडितहरूको जायज माग सम्बोधन गर्ने पहल गरेको बताए । प्रचण्डले ओली सरकार लाज पचाएर शिक्षकहरूलाई अपमानित गर्नतिर लागेको आरोप लगाए ।

उनले छोटो बाटोबाट शिक्षकहरूसँग विगतमा भएका सहमतिअनुसार ऐन दिएर कक्षाकोठामा फर्काउनुपर्ने बताए ।

Comments

One response to “प्रधानमन्त्री ओलीमाथि प्रचण्डको आरोप- लाज पचाएर शिक्षकहरूलाई अपमानित गर्दैछन् (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    शिक्षकलाई सबैभन्दा बढी सताउने जो हो उहीँ करायो फेरि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *