मानुषीलाई लिएर किन भारत उडे बाबुराम ?

काठमाडौं । नेपाल समाजवादी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन्। केही समयअघि नेपाल वायुसेवाको मकालु विमानबाट भारतको फरिदावादतिर उडेका हुन्।

पूर्वप्रधामन्त्री समेत रहेका डा. भट्टराई प्रगतिशील नेपाली समाज, भारतको अधिवेशन उद्घाटन गर्न गएको उनको सचिवालयले जनाएको छ।
अधिवेशन भोलिबाट भारतको फरिदावादमा सुरु हुँदैछ।

अध्यक्ष भट्टराईको साथमा नेसपा (नयाँ शक्ति) की उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषी यमी भट्टराई र सचिव एवं प्रवास प्रदेश अन्तर्गत भारतका ईन्चार्ज सन्देश कार्की पनि सहभागी छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *