भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी

रुपन्देही । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी भएको छ ।

मेडिकल स्टोरमा औषधिका लागि राखिएको फ्रिजमा विद्युतको तार जलेर आगलागी सुरु भएर बिस्तारै फार्मेसीमा पुगेको र शनिबार भएको आगो लागेको धेरै पछि मात्रै जानकारी पाइएको अस्पतालमा सूचना अधिकारी डा। संकेत रिसालले जानकारी दिए ।

‘कसरी लाग्यो भन्ने अनुमान फ्रिजकै विद्युत सट भएर भएको अनुमान गरिएको छ, एकैपटक स्टोर कक्ष र फार्मेसीतिरबाट आगोको मुस्लो निस्किएपछि जानकारी पाइयो आज शनिबार भएकाले धेरै कर्मचारी पनि नभएको अवस्था थियो’ उनले भने–‘आगलागी नियन्त्रणका लागि सबैतिरका दमकल परिचालन गरियो, प्रहरी, कर्मचारी, स्वास्थ्यकर्मीलगायत पनि आगो नियन्त्रणमा जुटेकाले साढे २ घन्टामा निभाउन सकियो ।’

उनका अनुसार सबैतिरका सामग्री जलेकाले क्षतिको विवरण आउन ढिलो हुने बताए । अस्पताल विकास समिति अध्यक्ष वीरेन्द्रबहादुर शाहले अहिले आगो नियन्त्रणमा आएको तर क्षतिको विवरण नआएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *