काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले शनिवार काठमाडौंस्थित पाकिस्तानी दूतावासबाहिर राप्रपाको ब्यानरमा गरिएको प्रदर्शनमा पार्टीको संलग्नता नरहेको प्रष्ट पारेको छ ।
राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले पाकिस्तानी दूतावासबाहिर आज राप्रपाको ब्यानरमा भएको प्रदर्शन पार्टीको नभएको प्रष्ट पारेका हुन् ।
उनले नेपाल प्रेससँग कुरा गर्दै भने–त्यो आजको कार्यक्रम हाम्रो पार्टीको होइन र त्यस्तो प्रदर्शन गर्ने नीति पनि हाम्रो छैन । कसैले हाम्रो पार्टीको नामको दुरुपयोग गरेका हुनसक्छन् ।
उनले राप्रपाको नामको कसैले दुरुपयोग गरेको हुनसक्ने बताए । गाई चिन्ह अंकित झण्डामा राप्रपा लेखिएको ब्यानरमा प्रदर्शनकारीले जम्मु कश्मिरको पहलगाममा भएको आतंकी हमलामा प्रधानमन्त्री केपी शर्मा ओली दोषी रहेको भन्दै ओलीविरुद्ध नाराबाजी समेत गरेका थिए ।

Leave a Reply