एक साताको सहमति प्रयास असफल–विराटनगर माओवादी नेतृत्वमा प्रचण्ड र जनार्दन प्यानलको चुनाव

विराटनगर । एक सातासम्म पनि सर्वसम्मत नेतृत्वको प्रयास असफल भएपछि नेकपा माओवादी केन्द्र विराटनगर महानगरमा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ ।

सर्वसम्मत नेतृत्व चयनका लागि शनिवारसम्म अधिवेशन सारे पनि सर्वसम्मत नेतृत्व चयन नभएपछि आज निर्वाचन गर्ने तयारी भएको छ । निर्वाचनमा दुई वटा समूहले मनोनयन दर्ता गराएका छन् ।

गत आइतबार भएको माओवादीको नगर सम्मेलनबाट ८१ सदस्यीय कार्यसमिति छनौट भएको थियो । सो नगर समितिले पदाधिकारी चयन गर्ने छन् । पदाधिकारीमा सहमति हुन नसकेपछि आज २ बजेबाट निर्वाचन गर्ने तयारी छ । माओवादीको विधानमा छानिएका कार्यसमिति सदस्यहरूले पदाधिकारी छान्ने व्यवस्था छ ।

निर्वाचनमा जनार्दन समूहले दिनेश राजवंशीको नेतृत्वमा पदाधिकारीको प्यानल बनाएका हुन् । सो समूहको उपाध्यक्षमा सनोजकुमार यादव, धर्मलाल माझी, चन्द्रबहादुर वन सचिवमा सोनु केवट, सहसचिव दिनेशकुमार यादव रहेका छन् । सो समूहलाई जनार्दन समूहको समर्थन रहेको छ ।

यसै गरी नमिता न्यौपानेको नेतृत्वमा अर्को समूह बनेको छ । सो समूहको उपाध्यक्षमा शिवराम थन्दार, शारदा मैनाली, सरस्वती ओझा, सचिवमा मो। आजम परवेज र सहसचिवमा भरत गिरी रहेका छन् ।

सो सुमहको नेतृत्व भने माओवादी केन्द्र मोरङ इन्चार्ज समेत रहेका कुलप्रसाद साम्बाले गरेको छ । कोषाध्यक्षमा भने यसअघि नै मनिष सोनी निर्विरोध निर्वाचित भएका छन् । जनार्दन समूहको नेतृत्व माओवादी केन्द्रका न नेता शिवकुमार मण्डलले गरेका छन् ।

उनी पछिल्लो समय माओवादी उपमहासचिव जनार्दन शर्मानिकट भएका छन् । नमिता न्यौपानेको समूहलाई भने पाटी अध्यक्ष प्रचण्डले लाइन दिएको सो समूहको दाबी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *