रोहिणीमा भोलिदेखि विद्यालय नखोले शिक्षक कर्मचारीलाई कारबाही हुने

रूपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकाले १४ गतेदेखि अनिवार्य विद्यालय सञ्चालन गर्न निर्देशन दिँदै नभए शिक्षक कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

२०८२ वैशाख १४ गतेदेखि विद्यालयमा अनिवार्य उपस्थित हुन गाउँपालिकाले निर्देशन दिएको हो ।

गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले १४ गतेदेखि शिक्षकहरुलाई अनिवार्य रुपमा उपस्थिति भइ नतिजा प्रकाशन, विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण लगायत कार्यसहित नियमित रुपमा पठनपाठन क्रियाकलाप अगाडि बढाउन निर्देशित गरिएको बताए । यो निर्देशनको अवज्ञा गर्ने शिक्षक, कर्मचारीलाई क्षेत्रात्रिकारभित्र रही आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइने अध्यक्ष यादवले बताए ।

‘नेपाल शिक्षक महासंघको नेतृत्वमा २०८१ चैत २० गतेदेखि निरन्तर शिक्षक कर्मचारी आन्दोलन रहेको छ । लामो समयको आन्दोलनले गर्दा विद्यालयमा अध्ययनरत बालबालिकाहरुको शैक्षिक भविष्यमा प्रत्यक्ष प्रतिकूल प्रभाव परिरहेको अवस्था छ, ’उनले भने ।

Comments

One response to “रोहिणीमा भोलिदेखि विद्यालय नखोले शिक्षक कर्मचारीलाई कारबाही हुने”

  1. अखिलेश कुमार मुरव Avatar
    अखिलेश कुमार मुरव

    एकदम सही निर्णय लिनु भएको छ हाम्रो स्थानीय सरकार ज्यू ले आन्दोलन को कारण ले विद्यालय बन्द भएको कारणले शिक्षा मा नराम्रो असर पुगेको छ। त्यसैले विद्यालय संचालन गराइदिनु भएकोले हाम्रो स्थानीय सरकार ज्यू लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *