शिक्षकहरुलाई कालिगण्डकी गाउँपालिकाको अल्टिमेटम- १४ गतेसम्म विद्यालय नआए राजीनामा दिनू

काठमाडौं । गुल्मीको कालिगण्डकी गाउँपालिकाले १४ गतेदेखि विद्यालय नआउने शिक्षकहरुले राजीनामा दिन निर्देशन दिएको छ । आन्दोलनरत शिक्षकहरुलाई विद्यालय फर्किन आग्रह गर्दै अटेर गरे राजीनामा दिन गाउँपालिकाले निर्देशन दिएको हो ।

शिक्षक महासंघको आव्हानमा भएको शिक्षक आन्दोलनले पालिकाभित्रका सबै विद्यालयहरुको अध्ययन अध्यापनमा समस्या परेकोले १४ गतेदेखि विद्यालय समयमा अनिवार्य रुपमा विद्यालयमा उपस्थित हुन नगरपालिकाले अनुरोध गरेको छ ।

नगरपालिकाले नियमित रुपमा पठनपाठन सञ्चालन गर्न सबै शिक्षक तथा कर्मचारीहरुलाई अनुरोध गर्दै उक्त समयमा उपस्थित हुन नसक्ने शिक्षक कर्मचारीले राजिनामा दिन तथा सरुवा प्रकृया अगाडि बढाएर जान निर्देशन दिएको गाउँपालिका अध्यक्ष वेद बहादुर थापाले जारी गरेको सूचनामा भनिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *