यी हुन् गेट पासका लागि सिंहदरवार प्रवेशद्वारमा पठाएका २५ शिक्षक,जसले गर्दा वार्ता भाँडियो

काठमाडौं । शिक्षा मन्त्रालयले सरकारसँग वार्ता गर्नको लागि २५ जना शिक्षकको नाम पठाएपछि शिक्षक र सरकारबीचको वार्ता भाँडिएको छ ।

मन्त्रालयबाट नै वार्तामा सहभागी हुने शिक्षक नेताहरुको नाम सिंहदरबार प्रवेशद्वारमा पठाएपछि आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आपत्ति जनाउँदै बैठक बहिस्कार गरेको हो ।

महासंघको टोली वार्ताको लागि सिंहदरबार पुगेको थियो । तर, महासंघ आफूले छानेको शिक्षक नभई मन्त्रालयबाटै ताेकेर नाम गेटमा आएको जानकारी पाएपछि गेटबाटै फर्किएको हो । वार्ता टोलीकाे लिस्टमा  पाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशाेर सुवेदी सहअध्यक्ष नानीमाया पराजुलीलगायत २५ जनाकाे नाम रहेकाे थियाे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *