राजसंस्थाको कुरा गर्नु लोकतन्त्रको विरोध होइन : राजेन्द्र लिङ्देन (भिडिओ)

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको कुरा गर्नु लोकतन्त्रको विरोध गर्नु नभएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै राजसंस्थाको कुरा गर्नु प्रजातन्त्रको विरोध गर्‍यो भन्ने गलत भाष्य निर्माण भइरहेको बताए ।

उनले भने, ‘राजसंस्था र प्रजातन्त्र एकअर्काका विकल्प होइनन्, दुनियाँका धेरै समृद्ध देशहरू छन्, जहाँ लोकतन्त्र र राजसंस्था सँगसँगै छन् । त्यसैले राप्रपाले यहाँ राजसंस्थाको पक्षमा कुरा गर्नु लोकतन्त्रको विरुद्धमा होइन । यो गलत भाष्य निर्माण नगरियोस् ।’

लोकतन्त्रको पक्षमा को छ भन्ने कुरा व्यवहारमा देखाउनुपर्ने बताए । उनले सरकारले अहिले विपक्षीहरूलाई निरंकूशतावादी व्यवहार देखाएको आरोप लगाए ।

Comments

One response to “राजसंस्थाको कुरा गर्नु लोकतन्त्रको विरोध होइन : राजेन्द्र लिङ्देन (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    गधालाई भारी नभई हुदैन ।स्वाभिमान, इमान नभएकालाई राजा नभई नहुने रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *