देउवाको प्रष्टीकरण- सत्ता समीकरण फेरबदल हुँदैन (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता समीकरण फेरबदल हुने कुनै सम्भावना नरहेको प्रष्टीकरण दिएका छन्।

बैंककबाट फर्किएर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सत्ता समीकरण फेरबदल हुने हल्ला मात्रै भएको बताए।

देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्ने चर्चा चलिरहेको बेलामा देउवाले यस्तो प्रतिक्रिया दिएका हुन्।

विपक्षी दल नेता पुष्पकमल दाहाल प्रचण्डले हिजो देउवा फर्केपछि नयाँ समीकरणको लागि देउवासँग औपचारिक कुराकानी गर्ने संसदीय दलको बैठकमा जानकारी गराएका थिए।

Comments

One response to “देउवाको प्रष्टीकरण- सत्ता समीकरण फेरबदल हुँदैन (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    आज प्रचण्ड र बर्षामानको निद्रा हराम हुने भयो । सरकार फेरिन्छ, हामी सरकारमा जान्छौं र काम मिलाईदिउला भन्दै पैसा असुल्न थालिसकेको भए त झन बर्वाद हुने भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *