काठमाडौं । अमेरिकाबाट डिपोर्ट हुँदै नेपाल आएलगत्तै पक्राउ परेका ४ जना भुटानी शरणार्थीलाई अमेरिका जानुअघिको अवस्थामा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीश बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बिहीबार उनीहरुलाई अमेरिका जानुअघिको अवस्थामै राख्न आदेश दिएको सर्वोच्च अदालतले जनाएको हो ।
अमेरिकामा तेस्रो देशमा पुनर्वास हुनुअघि उनीहरू झापाको शरणार्थी शिविरमा रहेका उनीहरुलाई झापाको बेलडागी शरणार्थी शिविर वा अन्य उपयुक्त स्थानमा स्थान हद तोकेर राख्न र ६० दिन भित्र अनुसन्धान कार्य सम्पन्न गर्न अदालतले आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता समेत रहेका सह–रजिष्ट्रार अच्युत कुईकेलले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार अदालतको आदेशपछि अब प्रहरीले उनीहरुलाई थुनामुक्त गर्नेछ ।
अशोक गुरुङ समेत गरेर ४ जनाको तर्फबाट नारायणकुमार सुवेदीले गृह मन्त्रालयलाई प्रतिवादी बनाएर यहि बैशाख ३ मा बन्दीप्रत्यक्षीकरणको मुद्दा दायर गरेका थिए ।

Leave a Reply