एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले संसदीय दलको बैठक बोलाएको छ । शनिबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाएको प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

बैठकमा संसदको बजेट अधिवेशनलाई प्रभावकारी बनाउनेबारे छलफल हुने बताए ।

उनले भने, ‘बजेट अधिवेशन, समितिमा रहेका विधेयक, आगामी नीति तथा कार्यक्रमलगायतको बिषयमा छलफल हुन्छ। त्यहाँ सांसदहरुले आफ्नो सुझाव राख्नुहुन्छ ।’

बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्षले पछिल्ला विकशित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्नेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *