देशलाई संकटबाट बचाउने ओली नै हो, एमालेले आशाको दियो बाल्दैछ: विष्णु पोखरेल (भिडिओ)

काठमाडौं । पृथ्वी नारायण क्याम्पस पोखराको स्ववियु सभापति विष्णु पोखरेलले समावेशिता र समानताको ग्यारेण्टि लोकतन्त्रमा मात्र सम्भव हुने बताएका छन्।

लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालले आयोजना गरेको यूथ सेलिब्रेसन कार्यक्रममा बोल्दै नेपालका सबैभन्दा बढी विद्यार्थी भएको सो क्याम्पसका स्ववियु सभापति पोखरेलले लोकतन्त्र त्याग, तपस्या र बलिदानको प्राप्ति भएको बताए।

उनले भने, ‘समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पनाकार नेकपा एमाले र अध्यक्ष केपी ओली हो, नेपालमा आशाको दियो नेकपा एमालेले बाल्दै छ।’

पोखरेलले नेपाललाई मासु, तरकारी, फूल लगायतका क्षेत्रमा आत्मनिर्भर बनाउन सरकारले विशेष कार्यक्रम ल्याउनु पर्ने बताए। युवाले पनि नेपालको बाँझो जमिन जोत्न र खन्न आँट गर्नुपर्नेमा उनले जोड दिए।

नेपालमा विदेशीले आएर काम गरिरहेका बताउँदै उनले नेपालबाट अरबौँ रुपैँया बाहिरिँदै गएको बताए। युवाले देशमा नै कम गरेर देशको पैसा देश भित्र नै रोक्नु पर्ने बताए।

देशलाई जति बेला सङ्कट आइपर्छ त्यति बेला देशको नेतृत्व गरेर समस्या समाधान गर्ने काम केपी ओलीले गर्ने गरेको जिकिर गरे। फेरि पनि देश अप्ठेरो अवस्थामा परेको बताउँदै उनले ओलीलाई देशको समस्या समाधानको अभिभावकत्व ग्रहण गर्न आग्रह गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *