१७ तस्बिरमा हेर्नुहोस् एमालेको ‘युथ सेलिब्रेसन’

काठमाडौं । लोकतन्त्र दिवसको दिन पारेर भृकुटीमण्डपमा एमालेको युवा उत्सव (युथ सेलिब्रेसन) आयोजना गरेको छ ।

जनआन्दोलनको बलमा निरङ्कुश राजतन्त्रको अन्त्य भई जनताले जितेको दिनको रूपमा एमालेले यो उत्सव मनाएको हो । स्वदेशमै रोजगारी र समृद्धिका लागि युवाहरूका लागि अवसर छ भन्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको एमाले नेता बताउँछन् ।

आजको पुस्तालाई लोकतन्त्र, स्वतन्त्रता खुलापन र गणतन्त्रको महत्व बताउन अवसरको रूपमा सेलिब्रेसनस्वरूप कार्यक्रम गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

कार्यक्रममा सहभागी हुन देशभरका युवाहरू काठमाडौंमा भेला भएका छन् । एमालेनिकट युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले कार्यक्रममा ४० वर्षमुनिका करिब एक लाख युवा उतार्ने लक्ष्य सुनाए ।

कार्यक्रम स्थलमा कन्सर्ट, विभिन्न नाचगानका साथै सांस्कृतिक झाँकी प्रदर्शन हुनेछ । कार्यक्रम स्थलमा कफीसप, फुडसप तथा युवाले उत्पादन गरेका सामानको स्टल राखिएको छ ।

यस कार्यक्रममा बोल्ने वक्ता पनि एमालेले युवाहरूलाई नै अघि सारेको छ।

कार्यक्रममा बोल्नको लागि १६ देखि २४, २५ देखि ३०, ३० देखि ३५ र ३५ देखि ४० सम्म उमेर समूहको वक्ता छनोट गरिएको छ । समावेशी वक्ताहरूमा

इलाम २ बाट निर्वाचित सांसद सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोल, कपिलवस्तु शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी चौधरी, बागलुङ क्याम्पसको स्ववियू सभापति याश्मिन शेख, पीएन क्याम्पसको सभापति विष्णु पोखरेल, युवा डाक्टर आनन्द सिंह, दलित युवा नेपाल ल क्याम्पसका प्रकाश सुनार, कोटेश्वर क्याम्पसको स्ववियू सभापति उम्मेदवार शर्मिला भण्डारीलगायत छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *