भाेलिदेखि पठनपाठन सुचारू गर्न बूढानीलकण्ठ नगरपालिकाकाे सामुदायिक विद्यालयलाई निर्देशन

काठमाडौं । काठमाडौंकाे बूढानीलकन्ठ नगरपालिकाले आफ्नो नगरभित्रका सबै सामुदायिक विद्यालयलाई भोलिदेखि पठनपाठन सूचारु गर्न निर्देशन दिएकाे छ ।

नगरपालिकाले आज एक सूचना जारी गर्दै भाेलिदेखि नियमित पठनपाठन सूचारू गराउन नगरभित्र रहेका सबै सामुदायिक विद्यालयलाई निर्देशन दिएकाे हाे ।

नगरपालिकाले शिक्षकहरूकै सहभागितामा वैशाख ४ गतेबाट नयाँ शैक्षिक सत्रको पठनपाठन प्रारम्भ गर्ने गरी शैक्षिक कार्यपात्रो निर्माण गरेको र नगर शिक्षा समितिको २ गतेको निर्णयबाट उक्त कार्यपात्रोलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न विद्यालयलाई निर्देशन समेत दिने निर्णय गरिएको थियाे ।

सो निर्णयको पालना हुन नसकेको भन्दै ध्यानाकर्षण गराएकाे छ ।

संस्थागत विद्यालयहरुमा विद्यार्थी भर्ना र पठनपाठन प्रभावकारी रुपमा सुचारु भइरहेकै समयमा सामुदायिक विद्यालयका शैक्षिक गतिविधिहरु नियमित रुपमा अगाडि बढ्न नसकेकाे कारण नगरपालिकाले शैक्षिक सुधार, विकास र उन्नयनको लागि अधि बढाएका शैक्षिक कार्यक्रमको कार्यान्वयनमा अवरोध खडा भएकाले बालबालिकाको शिक्षा प्राप्त गर्ने नैसर्गिक हक कुण्ठित भएकाे नगरपालिकाले जनाएको छ ।

पेसागत हकहितको लागि गरिएको आन्दोलनबाट विद्यार्थीको शिक्षा प्राप्त गर्ने संवैधानिक हकलाई प्रभावित हुन नदिन यस नगरपालिकाको आज बसेको नगर कार्यपालिकाको ६४ औँ बैठकको निर्णयले भाेलिदेखि विद्यालयको सुचारु सञ्चालन गरेर नियमित पठनपाठनको सम्पूर्ण प्रबन्ध गर्न विद्यालयहरुलाई निर्देशन दिने निर्णय गरेको थियाे ।

उक्त निर्णयको पूर्ण कार्यान्वयन गर्न निर्देशन दिएकाे नगरपालिकाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *