काठमाडौं । पत्नी हत्या गरी फरार पदमबहादुर तामाङ नुवाकोटको तलाखुबाट पक्राउ परेका छन् ।
शंखरापुर– ९ सानागाउँ स्थित डेरा गरी बस्ने ५८ वर्षीय तामाङले आइतबार राति ४५ वर्षीया पत्नी पुतलीमाया तामाङको धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए । त्यसलगत्तै उनी फरार थिए ।
पत्नी हत्याका क्रममा चलाएको धारिलो हतियारले छोरा रिदम घिसिङ र छोरी सन्जिता घिसिङलाई गम्भीर चोट लागेको थियो ।
प्रहरीले उनलाई नुवाकोट, शिवपुरी गाउँपालिका वडा नं. १ तलाखुबाट पक्राउ गरेको हो । पत्नीको हत्यामा प्रयोग भएको धारिलो हतियार पनि प्रहरीले बरामद गरेको छ ।

Leave a Reply