काठमाडौं । ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टो कार्लोस जेभिर्यस इन्टरनेशनल कलेजमा पुगेका छन् ।
नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनको खेल हेर्न काठमाडौं आएका विश्वविजेता कार्लोसले कालोपुलस्थितस्थित जेभिर्यस इन्टरनेशनल कलेजमा पुगेका हुन् ।
उनले कलेजका सञ्चालक लोकबहादुर भण्डारी,गोपाल भण्डारीलगायतले स्वागत गरेका थिए । उनले विद्यार्थी शिक्षकहरुसँग अन्तरक्रिया गरेका थिए ।
कार्लोसले जर्सीमा आफ्नाे सिग्नेचर गर्नेदेखि फुटबलमा अटोग्राफ समेत दिएका छन् । कलेजको तर्फबाट उनलाई आफनो पेन्सिल स्केच गरिएको तस्बिर हस्तान्तरण गरिएको थियो । कलेज सञ्चालक भण्डारीले कार्लाेसकाे आगमनले आफूहरु हर्षित भएकाे बताए ।


Leave a Reply