घनश्यामलाई विष्णु रिमालको कटाक्ष- साँच्चिकै महासचिव भए आफ्नो पार्टी खत्रा बनाए भो !

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई आफ्नो पार्टी सोचेजस्तो बनाउन चुनौती दिएका छन्।

हिजो महासचिव भुसालले एमाले अध्यक्ष केपी ओलीबाट खरो टिप्पणी गर्दै देशको नेतृत्वमा हुनु दुर्भाग्य भएको बताएका थिए।

उनले त्यसको जवाफ फर्काउँदै भनेका छन्, ‘तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो नि हौँ । चल्तीका एक युवा गायकले के सन्देश दिन यो गीत बनाए, त्यो त उनैलाई थाहा होला । तर मलाईचाहिँ आजभोलि चम्कीचम्की, जुल्फी हल्लाई हल्लाई एमाले सहितका प्रमुख दलका नेताहरूप्रति टिप्पणी गर्ने ’एस’ भनिने ’त्यस’ पार्टीका महासचिवको ‘फुरफुरी’ले गीत याद आयो ।’

उनले महासचिव भुसाललाई महोदय, साँच्चिकै महासचिव भएको हो नि१ भन्दै कटाक्ष गरेका छन्।

उनले थपेका छन्, ‘हो भने, आफ्नै पार्टीलाई चाहेजस्तै– खोजेजस्तै–सोचेजस्तै खत्रा पार्टी बनाएर देखाइदिए हुन्न? अब के को लागि यो ल्याङ, ल्याङ?’

दोष लगाउन, मुख छोड्न, र, अर्ति उपदेश दिन सजिलो भए पनि गर्न गाह्रो हुने उनको जवाफ छ। उनले भुसाललाई कटाक्ष गर्दै लेखेका छन्, ‘आफू चाहिँ खेती नगर्ने तर सँधियारको बाली हलक्क बढेको देख्दा छटपटी भई राती गोरु फुकाएर लगाइदिनेलाई तपाई सामन्ती प्रवृत्ति भन्नुहुन्छ हैन?’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *