आन्दोलनबाटै तलब पकाउँदै शिक्षक, विद्यालयको हाजिर रजिस्टर सडकमा (भिडिओ)

काठमाडौं । सरकारी विद्यालयका शिक्षकहरु आफ्नो सेवा सुविधा सम्बन्धी विभिन्न माग राखेर काठमाडौं केन्द्रित आन्दोलनमा छन् । यतिका दिनदेखि विद्यालय छोडेर सडकमा दिनचर्या बिताइरहेका उनीहरुको दिनदिनै हाजिरी भने भइरहेको पाइएको छ ।

हाम्रो स्थलगत अनुगमनमा शिक्षकहरुले आन्दोलनमै विद्यालयको रजिस्टर बोकेर हाजिर गर्ने गरेको भेटियो । कतिपय शिक्षकहरुले आफ्नो विद्यालयकै हाजिरी उठाएर ल्याएको बताए भने केहीले चाहिँ नयाँ रजिस्टर बनाएर हाजिर गरिरहेको जानकारी दिए ।

नाम नबताउने शर्तमा एक शिक्षकले भने, ‘विद्यालय नगए पनि तलव त खानुपर्यो नि । त्यसैले सडकमै हाजिर गर्ने गरेका छौं ।’
आन्दोलनमा नआएर विद्यालय जाने शिक्षकहरुले हाजिर गर्न नपाउने स्थिति देखिन्छ । अर्को एक विद्यालयका शिक्षकले आन्दोलनमा आउनैपर्ने, नत्र गयल लेखिने भनेर उर्दि गरिएको बताए ।

‘जो यहाँ आउनुहुन्न, उहाँहरुको हाजिरी गयल गरिदिने गरेका छौं । उहाँहरुले तलव खान पाउने नपाउने कुरा महासंघले पछि निर्धारण गर्छ,’ उनले भने ।

वार्षिक परीक्षापछि देशभरका निजी तथा सरकारी विद्यालयहरु केही दिन विदा थिए । बिदा सकिएर निजी विद्यालयहरु खुलिसके पनि सरकारी विद्यालय ठप्पप्राय छन् । निजी विद्यालयमा भर्नाको चटारो छ भने सरकारीमा कुनै सुरसार छैन । सरकारी विद्यालयमा शिक्षकहरु नै भेटिन्नन् ।

Comments

One response to “आन्दोलनबाटै तलब पकाउँदै शिक्षक, विद्यालयको हाजिर रजिस्टर सडकमा (भिडिओ)”

  1. पुष्कर कडेल Avatar
    पुष्कर कडेल

    शिक्षालय बन्द गरेर देशको भविष्य अन्धकार बनाएर सडकमा हाजिर गरेर तलब खान कुन नैतिकताले दिंदोरहेछ? यसको उत्तर सरकारले दिने हो कि शिक्षकले?

Leave a Reply

Your email address will not be published. Required fields are marked *