आज ह्वातै घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बुधबार तोलामा साढे ७ हजार रुपैयाँले घटेको छ । मंगलबार अहिले सम्मकै उच्च मूल्यमा पुगेको सुनको मूल्य आज घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ। ।

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कारोबार भएको चाँदीको मूल्य ५ रुपैयाँले घटेर १ हजार ९६५ रुपैयाँ कायम छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *