काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको जम्मुकश्मिरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणको कडा निन्दा गरेका छन् ।
प्रधानमन्त्री ओलीले आतंकवादविरुद्धको लडाइँमा भारतसँग दृढ ऐक्यबद्धता जनाउँदै यस्ता सबै किसिमका आतङ्कवादी कार्यहरूको कडा निन्दा गरेका हुन्।
आक्रमणमा नेपाली नागरिक परेको आशङ्कासम्बन्धी रिपोर्टहरूका बारेमा सरकारले भारतीय पक्षसँग समन्वय गरिरहेको प्रधानमन्त्री ओलीले बताए ।
ओलीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘पहलगाममा भएको आतङ्कवादी आक्रमणमा परेका सबैप्रति गहिरो समवेदना प्रकट गर्दछौं। नेपालले भारतसँग दृढ ऐक्यबद्धता जनाउँछ र सबै किसिमका आतङ्कवादी कार्यहरूको कडा निन्दा गर्दछ।’
उनले थपेका छन्,‘आक्रमणमा नेपाली नागरिक परेको आशङ्कासम्बन्धी रिपोर्टहरूका बारेमा नेपाल सरकार भारतीय पक्षसँग समन्वयमा रहेको छ।पीडितमध्ये एक नेपाली नागरिक हुन सक्ने रिपोर्टबारे प्रमाणीत गर्न नजिकबाट समन्वय भइरहेको छ र आवश्यक सम्पूर्ण सहायता उपलब्ध गराइनेछ।
Deepest condolences to the victims of the terrorist attack in Pahalgam.Nepal stands firmly with India & strongly condemn any & all acts of terrorism.Close coordination is established to verify reports of a Nepali national among the victims & will provide all necessary assistance.
— K P Sharma Oli (@kpsharmaoli) April 23, 2025
,’

Leave a Reply