गाउँघरमा भएको साथीलाई पनि आन्दोलनमा बोलाउन अध्यक्ष सुबेदीको आह्वान

काठमाडौं । राष्ट्रिय शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले २२ दिनदेखि जारी शिक्षक आन्दोलनमा गाउँघरमा भएका साथीहरुलाई पनि आन्दोलनमा बोलाउन आह्वान गरेका छन् ।

आज एक सूचना जारी गर्दै गाउँघरमा भएका साथीहरुलाई पनि आन्दोलनमा बोलाउन आह्वान गरेका हुन् । राष्ट्रिय समितिको हिजोका बैठकले आन्दोलनलाई अझ कडा र दरिलो बनाउने निर्णय गरेको भन्दै सबैलाई आन्दोलनमा आउन आह्वान गरेको जानकारी दिए ।

आजबाट आन्दोलनको समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको उनले बताए ।

उनले भनेका छन्,‘यतिका दिनसम्म यहाँहरुले प्रदर्शन गर्नुभएको अनुशासन र संयमको सबैले प्रशंसा गरेका छन् । त्यसैले सदा झैं अनुशासति, संयमित र मर्यादित भएर जुलुशमा सहभागी हुनुहोला । गाउँघरमा रहेका आफ्ना साथीलाई काठमाडौं बोलाउनुहोला ताकि निर्णायक घडीमा आन्दोलनमा समाहित भएको गौरव वहाँहरुलाई पनि प्राप्त होस् ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *