डोटीमा सडक दुर्घटनामा तीन जनाको मृत्यु

डोटी । डोटीमा सडक दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ ।

जिल्लाको जोरायल गाउँपालिका—१ गोल्डेन भन्ने ठाउँमा बुधवार बिहान ६ वजेर १० मिनेटतिर भएको दुर्घटनामा तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

कैलालीको धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख ३४२८ नं। को खाद्यान्न र खुद्रा सामान बोकेको मिनिट्रक अनियन्त्रित भई सडकबाट करिव ५० मिटर तल खस्दा ज्यान गुमाएका ३ जनाकै सनाखत भएको छ।

मृत्यु हुनेमा बझाङ बुङ्गल नगरपालिका  वडा नं २ मलेना बस्ने अन्दाजी ३३ वर्षीय चालकअर्जुन धामी,सोही गाउँपालिकाका अन्दाजी४३ वर्षीय उज्जल जाग्री र अन्दाजी ४१ वर्षीय जगत धामी रहेका छन् ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । जाग्री र धामीको गाउँको ठेगनाा खुलेको छ। घटनावारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *