काश्मिरमा हिन्दूको छानीछानी हत्या, आतंकवादीले नेपाली पनि मारेको भारतीय मिडियाको रिपोर्ट

काठमाडौं । भारत नियन्त्रणको काश्मिर क्षेत्रमा मंगलबार आतंककारी हमला हुँदा २६ जनाको ज्यान गएको छ । आतंककारीहरुले हिन्दूलाई छानिछानी हत्या गरेको र हत्या हुनेमा नेपाली र यूएइका पनि भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

अनन्तनाग जिल्लाको पहलगाम क्षेत्रमा रहेको पर्यटकीय क्षेत्रमा झाडीमा लुकेर बसेका आतंककारीहरुको हमलामा परेर मारिएको घटनामा मृतकको नाम सार्वजनिक गरिएको छैन ।

जम्मु र काश्मिरका मुख्यमन्त्री ओ मार अब्दुल्लाले आतंककारीहरुलाई जनावर उपनाम दिएर खण्डन गरेका छन् भने प्रधानमन्त्री नरेन्द्र मोदीले हत्यारालाई सजाय हुने बताएका छन् ।

आतङ्ककारीले हमला गरेको जम्मु काश्मिर क्षेत्रको पहलगाम हिमालय क्षेत्रको पर्यटन गन्तव्य भएर भारतको स्विट्जरल्याण्डको रुपमा चर्चित छ । बेलायती विश्व च्यानल बीबीसीका अनुसार सन् २०२४ कास्मिर क्षेत्रमा ३५ लाख पर्यटक पुगेका थिए ।

 

Comments

One response to “काश्मिरमा हिन्दूको छानीछानी हत्या, आतंकवादीले नेपाली पनि मारेको भारतीय मिडियाको रिपोर्ट”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    यो मार्क्सबादी र समाजबादी सरकार अझै हिन्दू माथीको उत्पिडन लाइ नदेखेको झै गर्छ! मार्क्सबादी र समाजबादी र धर्म निरपेक्षबादी मूर्दाबाद!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *