जसले आफ्नै ४ महिने छोरालाई ढुंगाले हानेर हत्या गरिन्

पोखरा । तनहुँमा आफ्नै ४ महिने छोरालाई ढुंगाले हानेर हत्या गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । तनहुँ घिरिङ गाउपालिका वडा नं. ४ थामडाँडामा सोमबार आफ्नै ४ महिने छोरा अर्जुन परियारलाई ढुंगाले हानी हत्या गरेको आरोपमा नवलपुर बौदिकाली गाउँपालिका–२ अर्मलेकी ३६ वर्षीया कमला परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

ढुंगा प्रहारबाट गम्भिर घाइते भएका अर्जुनको पाल्पाको रामपुर अस्पताल पु¥याइएकोमा अस्पतालले मृत घोषणा गरेको तनहुँ प्रहरीका सूचना अधिकारी डिएसपी अशोक थापाले जानकारी दिए । कमलालाई पक्राउ गरी कर्तब्य ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइराखेको छ । उनीहरुको परिवारले जाहेरी दिएको छ ।

प्रहरी स्रोतका अनुसार कमलालाई छोरालाई ढुंगा प्रहार गरेको स्वीकार गरेकी छन् । सोमबार बिहान घरबाट निस्किएकी कमलाले छोरालाई ढुंगा प्रहार गरी घाइते बनाएर पुनः घर फर्किएकी थिइन् । ‘बाटोमा मादक पदार्थ सेवन गरेको पनि भन्नुभएको छ । मेन्टल्ली पनि पूर्ण फिट हुनुहुन्न जस्तो देखिनुहुन्छ,’ प्रहरी स्रोतले भन्यो, ‘ढुंगाले हानेको स्वीकार गर्नुभएको छ । छोरालाई अकस्मात ढुंगाले कसरी हाने थाहै भएन भनेर भन्नुभएको छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *