कक्षा १२ को परीक्षा स्थगित, नयाँ मिति तोक्न बैठक बस्दै

काठमाडौं । वैशाख ११ देखि तय भएको कक्षा १२ को परीक्षा स्थगित गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार अहिलेलाई वैशाख ११ को परीक्षा सार्ने निर्णय भएको हो ।

उनले नेपाल प्रेससँग भने, ‘परीक्षा अहिलेलाई सार्ने निर्णय भएको छ । हामी अहिले बैठक बसेर नयाँ मिति तोक्नेछौं । ‘

आज बिहानमात्र परीक्षा बोर्डको बैठकले शिक्षक आन्दोलनका बाबजुद परीक्षा पूर्वनिर्धारित मितिमै सञ्चालन गर्ने बताएको थियो । शिक्षकहरू कक्षाकोठामा नफर्किएको अवस्थामा निजामती कर्मचारी परिचालन गरेर परीक्षा सञ्चालन गर्ने विकल्पमा पनि सरकारको तयारी थियो ।

२१ दिनदेखि शिक्षक र विद्यालयका कर्मचारीको आन्दोलनको दबाब झेल्न नसकेर शिक्षामन्त्री विद्या भट्टराईले हिजोमात्र राजीनामा दिएकी छन् ।

Comments

One response to “कक्षा १२ को परीक्षा स्थगित, नयाँ मिति तोक्न बैठक बस्दै”

  1. ksp pyl Avatar
    ksp pyl

    विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने झोले कथित शिक्षकहरू अब ओलिलाई घुँडा टेकाईयो भन्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *