काठमाडौं । प्रधानमन्त्री केपी ओलीले चौतर्फि घेराबन्दी भएपनि अहिले नै सबैभन्दा लोकप्रिय पार्टी भएको दाबी गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कसैले सिध्याउँछु भनेर नेकपा एमाले नसकिने दाबी गरे।
उनले भने, ‘हामीमाथि यत्रो, घेराबन्दी र आक्रमण, चरित्र हत्या गरेर बदनाम खोज्दा पनि हामी टिकेका छौं। जनताको बीचमा गएका छौं। जनताको विश्वास जितेका छौं। अहिले पनि नेकपा एमाले सबैभन्दा लोकप्रिय पार्टी हो। सिध्याउँछु भनेपनि भोटका हिसाबले सबैभन्दा लोकप्रिय पार्टीको रुपमा स्थापित छ।’
उनले ०८४ को चुनावमा एमालेलाई देशको निर्णायक शक्तिको रुपमा विकास गर्ने संकल्प गरेको बताए। उनले सरकारविरुद्ध विरोधीहरूले संगठित ढंगले घेराबन्दी र हमला गरिरहेको बताए। उनले गाली खानका लागि कुनै गल्ती गर्नुनपर्नें बताए।
उनले भने, ‘हाम्रै साथीहरूले पनि कताकति फेरि यत्तिकै यो विरोध भएको छ त यतिकै विरोध भएको त होइन जस्तो लाग्छ भन्ने खालका पनि कताकता भ्रम पर्न खोज्या हो कि, भ्रममा सामेलन हुन खोज्या हो नबुझिने गरी त्यस्ता आशंका उठाएर बोल्ने गरेको सुनिन्छ।’

Leave a Reply