काठमाडौं। राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुबेदी नजरबन्द मुक्त भएका छन् । उनलाई गत चैत १५ गतेबाट सरकारले अघोषित नजरबन्दमा राखेको थियो ।
हिजो रातिबाट सुबेदीको निवास बाहिर पहरा दिइरहेका प्रहरी बाटो लागेका हुन् । परिवारलाई भने औपचारिक रुपमा केही पनि भनिएको छैन ।नवराजका पुत्र कनक सुबेदीले नजरबन्द हटेको आज बिहान थाहा पाएको बताए ।
उनले भने, ‘राति सुत्दा प्रहरी थिए, तर बिहान उठ्दा थिएनन् । अनि नजरबन्द हटेछ भन्ने थाहा पायौं ।’ उनले बुवालाई लिएर अहिले दाँतको उपचारका लागि आएको जानकारी दिए ।

Leave a Reply