शिक्षकलाई उकास्दै प्रचण्डले भने- तपाईंहरुलाई पटक-पटक धोका भएको छ, आन्दोलन नछाड्नुस् (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले सरकारको नेतृत्वमा बस्नुको कुनै औचित्य नभएको बताएका छन् ।

कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओली एक दिनपनि सरकारको नेतृत्वमा बस्ने हैसियत गुमाइसकेको बताए ।

उनले शिक्षकहरुको समस्या समाधान गर्नुको सट्टा प्रधानमन्त्री शिक्षकलाई गाली गर्ने, अपमानीत गर्ने र हप्काउनेबाहेक केही नगरेको बताए ।

उनले भने, ‘लाखौं शिक्षक र विद्यालयहरु अहिले संकटमा छ । शिक्षकहरुको माग सम्बोधन गर्नु त कता हो कता प्रधानमन्त्री उनीहरुलाई नै अपमानीत गर्नमा लागिरहेका छन् ।’

उनले सरकारले शिक्षकहरुको मागलाई हल्का रुपमा नलिन चेतावनी दिए। उनले यो सरकार आफ्नै बोझा थाम्न नसकेर सिद्धिने दाबी गरे ।

उनले भने, ‘शिक्षक साथीहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन पनि अपिल गर्न चाहन्छु। तपाईंहरूले पटक पटक आन्दोलन गर्नुभएको छ । पटक पटक सम्झौता गर्नुभएको छ र पटकपटक धोका भएको छ । यो पटक त्यो स्थिति हुन नदिने जिम्मेवारी हामी सबैको छ, शिक्षकहरूको अझै धेरै छ ।’

 

Comments

2 responses to “शिक्षकलाई उकास्दै प्रचण्डले भने- तपाईंहरुलाई पटक-पटक धोका भएको छ, आन्दोलन नछाड्नुस् (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    शिक्षकलाई धोका दिने चरम धोकेवाज नै यहि हो । एक नम्बरको भडुवा । विदेशीको गोटी बनेर नेपाललाई नियन्त्रित अस्थिरतामा राख्ने नै यहि हो । आफै प्रधानमन्त्री हुँदा पनि सरकारलाई अस्थिर बनाईराख्थ्यो । बानेश्वरमा अब बाँकी भनेका केही झोले शिक्षक र बाँकी प्रचण्ड र शेखरका भिजिलान्ते हुन् । तुरून्त बन्द गरेर पडाउन नगए अभिवभावकले कठालो समात्न आउलान है गुरूहरू । हिजो एक जनाले शुरू गरिसके क्यार ।

  2. ksp pyl Avatar
    ksp pyl

    विदेशीको दलाललाई राजनीतिमा बन्देज नलगाएसम्म यस्तै बोल्दै हिडछ । मुख्य पेशा नै विदेशीको भाडाको टट्टु बनेर देशलाई अस्थिर बनाउने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *