एक लाख मान्छे जम्मा भएर केपी बा भनिदिउन् भन्ने आकांक्षा राख्ने व्यक्ति देशको नेतृत्वमा हुनु दुर्भाग्य : घनश्याम भुसाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशको सङ्कटको कुनै चासो नभएको टिप्पणी गरेका छन्।

कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीजस्तो मान्छे नेतृत्वमा पुग्नु देशको दुर्भाग्य भएको टिप्पणी गरे।

उनले भने, ‘अहिले एमाले कस्तो छ भने कमरेड केपी ओलीजस्तो छ। जनताको प्रवाह गर्दैन, सार सङ्कटले देश डुब्दैछ। उनलाई नाम चाहिएको छ, एक लाख मान्छे जम्मा भएर केपी बा भनिदिउन्, यो तह पुगेका नेताका लागि यो तहको आकाङ्क्षा हुने देशको दुर्भाग्य होइन ?’

उनले काँग्रेसलाई न लायक, न नालायक पार्टी भन्न मिल्ने टिप्पणी गरे।

Comments

2 responses to “एक लाख मान्छे जम्मा भएर केपी बा भनिदिउन् भन्ने आकांक्षा राख्ने व्यक्ति देशको नेतृत्वमा हुनु दुर्भाग्य : घनश्याम भुसाल (भिडिओ)”

  1. bhupendra karki Avatar
    bhupendra karki

    हो नि, घन दाइ भनिदिए हुने।
    आफु परे “किताबि भ्यान्टा “नखाने, धुरन्धर विद्वान । योग्यता भनेको गाउपालिकाको उप प्रमुख सुहाउँदो ।

  2. ksp Avatar
    ksp

    यो जन्मेको केवल ओलिको विरोध गर्न रैछ । या त यो कसैको दलाल हुनुपर्छ या ओलिको पतनमा आफ्नो उत्थान देख्ने डाडे रैछ । यसलाई राजनीतिमा शून्य बनाईदिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *