सत्य निरुपण र बेपत्ता छानबिन पदाधिकारी- पूर्वप्रधानन्यायाधीशदेखि पूर्वमुख्यसचिवसम्म सिफारिस (सूची)

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगमा अध्यक्ष र सदस्यहरूको नाम सिफारिस भएको छ । आयोगले यही चैत २८ गते सूचना निकालेर आवेदन मागिएको थियो ।

नियुक्तिका लागि गठित समितिले आवश्यक प्रक्रिया पूरा गरी वैशाख ७ गते सिफारिस सूची सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

अध्यक्ष र सदस्यको २९ जनाको सूचीमा पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठदेखि पूर्वमुख्यसचिव लीलादेवी गड्तौलासम्म छन् ।  राधेश्याम अधिकारी, विपीन अधिकारी,  कुलचन्द्र गौतम, प्रा. कृष्ण खनाल, प्रा केदारभक्त माथेमा, सुवोध प्याकुरेल, दिनेश त्रिपाठी पनि सूचीमा परेका छन् ।

द्वन्द्व पीडितहरूसँग आबद्ध विभिन्न संस्थाहरूले सिफारिस गरे पनि केही पूर्वभीआईपीले सो पदमा जान अनिच्छा प्रकट गरेका छन् । आवेदन दिएका र संस्थाहरुबाट सिफारिस भएका सबै नाम छनौट समितिले सार्वजनिक गरेको हो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *