काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूर्वनिर्धारित परीक्षाबारे के हुने भन्नेबारे मंगलबार निर्णय गर्ने भएको छ ।
तीन हप्तादेखि जारी शिक्षक आन्दोलन, सोमबार शिक्षामन्त्री विद्या भट्टराईबाट भएको राजीनामालगायतले विद्यार्थी तथा अभिभावकहरु माझ अन्यौल भइरहेको विषयमा बोर्डले आवश्यक निर्णय गर्नको लागि मंगलबार बिहान ८ बजे बैठक बोलाइएको अध्यक्ष डा. महाश्रम शर्माले नेपाल प्रेसलाई जानकारी दिए ।
यसअघि वैशाख ११ गतेदेखि परीक्षा हुने भन्दै तालिका नै सार्वजनिक भएपनि विद्यार्थीहरुमा भने अन्यौलता छ ।

Leave a Reply