रुपन्देही कारागारमा रहेका रवि लामिछानेलाई स्वर्णिम वाग्लेसहितका नेताले भेटे

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेसहितका नेताहरुले रुपन्देही कारागारमा रहेका सभापति रवि लामिछानेलाई भेटेका छन् ।

सोमबार सो पार्टीका नेतासमेत रहेका व्यवसायी अर्जुन अधिकारीले स्थापना गरेको हक्काइडो नेपाल सेन्टरले आयोजना गरेको लुम्बिनी उद्यमी गोष्ठीमा आएका वाग्लेसहितका नेताहरुले सभापति लामिछानेलाई भेटेर पछिल्लो अवस्थाबारे जानकारी लिएको नेता गणेश पौडेलले बताए ।
वाग्लेसहित मनिष झा, विराजभक्त श्रेष्ठ, गणेश पराजुली, अनिलकेशरी शाहसहितका नेताहरुले लामिछानेलाई भेटर फर्केका हुन् ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा अदालतमा रहेको मुद्दामा उच्च अदालत तुलसीपुर बुटवलको आदेशमा लामिछाने पुर्पक्षका लागि थुनामा छन् ।

न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले चैत २२ मा बुटवलस्थित सुप्रिम सहकारी ठगी सम्बन्धी कसूर र संगठित अपराध सम्बन्धी मुद्दामा जिल्लाको आदेश उल्टाउँदै थुनामा पठाउने आदेश गरेसँगै उनी सोही दिन काठमाण्डौंमा पक्राउ परेका थिए । नेताहरु सोमबार नै काठमाण्डौ फर्किएका छन्

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *