दुर्गा प्रसाईका दुवै अस्पतालको खाता फुकुवा गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । दुर्गा प्रसाई सञ्चालक रहेका दुवै अस्पतालको रोक्का बैंक खाता फुकुवा गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

गत चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनपछि आन्दोलनका कमाण्डर तोकिएका प्रसाईँ प्रहार भएपछि उनकोको व्यक्तिगत खातासहित अस्पतालको खाता पनि रोक्का गरेकोमा सर्वोच्च अदालतले रोक्का गरिएका बैंक खाता फुकुवा गर्न अन्तरिम आदेश दिएको हो ।

खाता रोक्कापछि वि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र पूर्वाञ्चल क्यान्सर हस्पिटल प्रालिको तर्फबाट अपरेशन डाइरकेक्टर डा.अञ्जली कार्कीले छुट्टाछुट्टै दुईवटा रिट दायर गरेकोमा उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले दुवै खाता फुकुवा गर्न अन्तरिम आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता समेत रहेका सह–रजिष्ट्रार अच्युत कुईकेलले नेपाल प्रेसलाई जानकारी दिए ।

कार्कीले छुट्टाछुट्टै रिटमा नेपाल प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटसहित १८ र १४ जनालाई विपक्षी बनाउँदै दायर गरेको रिटमा सर्वोच्च अदालतले बैंक खाता फुकुवासँगै कारण देखाउ आदेश पनि जारी गरेको छ ।

आन्दोलनका क्रममा एक पत्रकार र एक सर्वसाधरण गरेर २ जनाको ज्यान गएको थियो भने सरकारी गाडीसहित निजी घरमा आगजनी र तोडफोड भएको थियो । यस्तै नेकपा (एकीकृत समाजवादी)को कार्यालय तथा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा पनि तोडफोड र आगजनी भएको थियो ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *