शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिइन्

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । सोमबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा पत्र बुझाएकी हुन् । मन्त्रीले राजीनामा दिएको उनका प्रेस सल्लाहकार रामजी लम्सालले पुष्टि गरे ।

‘प्रधानमन्त्रीज्यूलाई भेटेर बुझाउनुभएको छ । अब स्वीकृत हुन्छ होला’, लम्सालले नेपाल प्रेससँग भने ।

शिक्षक महासंघको आव्हानमा देशभरका शिक्षकहरू २० दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । यहीबेला उनको राजीनामा आएको छ ।

भट्टराईले मन्त्रीबाट राजीनामा दिनुको कारण भने खुलिसकेको छैन ।

Comments

3 responses to “शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिइन्”

  1. Janak Chaudhary Avatar
    Janak Chaudhary

    अब सरकारले केही गर्न पर्दैन किन भने शिक्षकहरूले मन्त्रीकाे राजीनामा मागे र पाए । यति भएपछि माग पूरा भएन त ?

  2. ksp pyl Avatar
    ksp pyl

    अहिले आन्दोलन भनेर बानेश्वरमा चटक देखाउनेहरू कहिल्यै पनि कक्षा कोठामा नजाने कामचोरहरू हुन् । यिनीहरूले यसरी नै ठगेर खाईरहेका छन् । सरकारले सक्नेजति माग पूरा गरिहाल्छ । ऐन आउन प्रक्रिया अनुसार हुन्छ । अनि चटक के का लागि ? जे माग गर्यो त्यो पूरा हुनै पर्छ भन्ने छ ? यिनले यिनका छोराछोरीले जे भन्यो त्यहि पूरा गरिदिन सक्छन् ? देशको परिस्थिति अनुसार हुन्छ । यिनलाई बानेश्वरमा नाच्न दिईराख ।यसरी नै हत्तु बनाईदेउ । विद्याले तरिका नै जानिनन् । शिक्षक लगायत देशका सबैको माग त पूरा गर्ने हो । तर देशको क्षमता हुनु परेन ? यस्ता माग राख्ने सबैका पूरा गर्न सकिने भए त देश गरिव नै हुदैनथ्यो । रामराज्य भैहाल्थ्यो नि । सिमित साधनबीच मिलाएर सके दिएर, नसके चित्त बुझाएर राख्नु पर्छ । कुरा बुझ्नुपर्छ । बूढो प्रधानमन्त्री ज्याद्रो नहुने हो भने कति तनाव, दबाब, जालझेल सहनु परेको छ । तिमीजस्तो अलिकति समस्या आएमा भागीहाल्ने भए पार्टी यो अवस्थासम्म आईपुग्थ्यो ? नेपालमा सबैभन्दा बढी दबाब थेग्नुपर्ने नै ओलिले हो । विदेशी, तिनका स्वदेशी दलाल सबै ओलितिर खनिएका छन् । यस्तो बेलामा ओलिले भनेको मान्न छोडेर राजिनामा दिएको सुहाएन । कामना छ नितान्त स्वास्थ्यको कारण राजिनामा आएको होस् । अस्तिसम्म विद्यालाई खुईल्याईरहेका दलाल, भाडाका टट्टु मिडिया अहिले गुणथान गाउन थाले । तिनले गाली गर्ने, गुणगान गाउने सबै ओलिलाई लक्षित गरेर हो किनकी ती सबै बिकाउ माल हुन् । तिनको विवेक, इमान केही बाँकी छैन । मालिकको आदेशमा काम गर्ने पशु सरह हुन् ।त्यसैले वास्तविकता, परिस्थिति नै नबुझी आदर्शवादी बनेर, एक्लै हाईहाई खान खोजेर समग्र देश अघि बढदैन । अब चुप्प लागेर बस । अब फेरि यिनलाई खाउ भन्ने पनि होईन ।

  3. subedi Avatar
    subedi

    विद्या भट्टराई आवश्यकताभन्दा बढी उदार हुनु भयो । शिक्षक नेताले जिल्लामा हाकिमलाई हेपे भन्दा बढी हेपे । भावुक भएर मात्र नेतृत्व चल्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *