वीरेन्द्रनगरमा सडक दुर्घटनापछि यरिचोकमा विरोध प्रदर्शन

सुर्खेत । वीरेन्द्रनगरमा फोर्स गाडीको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएपछि यरिचोक क्षेत्रमा तनाव सिर्जना भएको छ ।

‎मृतकका आफन्तहरुले उचित क्षतिपुर्ति र गाडी चालकलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् ।

आइतबार बिहान प्रदेश ००१ ख ०९१५ नम्बरको फोर्स गाडीले जुम्लाको हिमा गाउँपालिका–२ का ५५ वर्षीय कालीबहादुर बुढालाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका बुढाको उपचारका क्रममा ज्यान गएको हो ।

मृतकका आफन्तले चालकलाई कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै हिजो पनि रेडियो नेपाल अगाडि विरोध प्रदर्शन गरेका थिए भने सोमबार (आज) बिहानैदेखि यरिचोकमा प्रदर्शन गर्दै आएका छन् ।

उनीहरूले सडक अवरुद्ध गरेपछि सोहि सडकबाट आवतजावत गर्ने यातायात सञ्चालनमा रोक लगाउदै आएका छन् ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

 

 

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *