बंगलादेशमा हिन्दू अल्पसंख्यकमाथि अत्याचार–भारतको कडा चेतावनी, नेपाल सरकार बेखबर

काठमाडौं । बंगलादेशका एक प्रमुख हिन्दू नेता भाबेशचन्द्र रायको अपहरणपछि हत्या गरिएको घटनालाई लिएर भारतले कडा प्रतिक्रिया दिएको छ ।

बंगलादेशको मोहम्मद युनुश सरकारमाथि भारतले अल्पसंख्यक समुदायको सुरक्षा गर्न असफल भएको आरोप लगाएको छ ।

उत्तरी बंगलादेशको दिनाजपुर जिल्लाका बासिन्दा भाबेशलाई गत बुधवार उनको घरबाटै केही मुस्लिम अतिवादीले अपहरण गरेका थिए । घाइते अवस्थामा घरमा फर्काइएको उनको केही क्षणमा मृत्यु भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

५८ वर्षीय हिन्दू नेता भाबेश चन्द्रलाई घरमै आएका केही व्यक्तिले अपहरण गरेका थिए । उनलाई साँझ गम्भीर घाइते अवस्थामा ल्याएर घरमा छाडिएको थियो । तत्कालै अस्पताल लगिएका उनलाई मृत घोषणा गरिएको थियो ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बंगलादेशमा हिन्दू अल्पसंख्यक नेता भाबेशको अपहरण र बर्बर हत्याको बारेमा ध्यानाकर्षण भएको भन्दै अन्तरिम सरकारको जवाफ मागेको छ ।

विदेश प्रवक्ताले भनेका छन्–यो हत्या त्यहाँको अन्तरिम सरकारको शासनकालमा बंगलादेशका हिन्दू अल्पसंख्यकमाथि भइरहेको व्यवस्थित उत्पीडनको सिलसिलामा रुपमा आएको छ । यसअघि पनि भएका यस्तै अपराधिक घटनामा जोडिएका अपराधीहरु सजायबाट मुक्ति पाइरहेका छन् । यो घटनाको हामी निन्दा गर्छौं र एकपटक फेरि बंगलादेशकको अन्तरिम सरकारलाई बहाना नबनाई र भेदभाव नगरी हिन्दूसहित सबै अल्पसंख्यकको सुरक्षा गर्ने आफ्नो जिम्मेवारी पूरा गरोस् ।

भारतले यसअघि पनि पटकपटक बंगलादेशलाई हिन्दू अल्पसंख्यकको जिउधनको सुरक्षाप्रति ध्यानाकर्षण गरारहेको छ । तर छिमेकमै भइरहेको हिन्दू अल्पसंख्यकमाथिको उत्पीडनबार नेपालले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिशतको हिसाबले विश्वकै सबैभन्दा धेरै ८४ प्रतिशतभन्दा बढी हिन्दू जनसंख्या रहेको नेपालको सरकारले बंगलादेशमा हिन्दूमाथि भइरहेका सिलसिलाबद्ध हत्या,बलात्कार र उत्पीडनका घटनामा एक शब्द पनि नबोलेकोमा आलोचना भइरहेको छ । यसबारेमा नेपालको सरकारको प्रतिक्रिया लिन खोज्दा परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद ढकाल सम्पर्कमा आउनै चाहेनन् ।

नेपाल दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्ककको अध्यक्ष राष्ट्रसमेत हो । सार्क अध्यक्षको हैसियतले पनि नेपालले बंगलादेशमा भइरहेको अल्पसंख्यकमाथिको अत्याचारबारे त्यहाँको अन्तरिम सरकारको ध्यानाकर्षण गराउन सक्ने कुटनीतिक धरातलको समेत प्रयोग गरेको छैन ।

Comments

2 responses to “बंगलादेशमा हिन्दू अल्पसंख्यकमाथि अत्याचार–भारतको कडा चेतावनी, नेपाल सरकार बेखबर”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    मार्क्सबादी र समाजबादी हरू बाट केही पनि आश गर्न सकिदैन। यिनीहरू नै हिन्दु संस्कृति पत्तन भएर जाओस् भन्दै दिनरात कामना गर्छन्। भोट चाहिने बेलामा मात्रै यिनीहरू मन्दिर धाउछन्। थर मात्रै बाहुन् क्षत्रीको छ यिनीहरूको , भित्रै बाट हिन्दू होइन्न् एमाले कांग्रेस माओबादी जसपा लोसपा सबै । मार्क्सबाद का भरिया मात्रै हुन् ।

    1. Nick Kashyap Avatar
      Nick Kashyap

      हामी हिन्दू हरूको ठूलो दुश्मन भनेकै मार्क्सबादी र समाजबादी हरू हुन्, जबसम्म यिनीहरू लाइ परास्त गरिन्न तबसम्म हिन्दु हरूले अत्याचार भोगिरहन्छौ। कृश्चियन मूस्लिम त केवल प्यादा मात्रै हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *