रामकुमारीलाई प्रकाश ज्वालाको जवाफ- शिक्षक आन्दोलनका विरुद्धमा बोल्नु पार्टी धारणाको विपरीत

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले आफ्नो पार्टी आन्दोलनरत शिक्षकहरूको पक्षमा रहेको प्रष्टीकरण दिएका छन्।

हिजो पार्टीको स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले शिक्षकहरूले सरकारको कुरा नसुनेर रमिता देखाएको टिप्पणी गरेका थिइन्।

उनले भनेकी थिइन्, ‘सरकारको प्रतिबद्धता छ, यो अधिवेशनमा ऐन आउँछ। सर/मेडमहरू अब विद्यालयमा फर्कनुस्। आफ्नो जिम्मेवारी बहन गर्नुस्। सरकार र संसद्लाई विश्वास गर्नुस्। जिम्मेवार नेता साथीहरू! ऐक्यबद्धताको रमिता तपाईँहरू पनि नगर्नुस् बल र कोर्ट दुवै तपाईँकै खुट्टामा छ।’

झाँक्रीले शिक्षक आन्दोलनको विरोध गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको बचाउमा उत्रिएकी छन्। नेकपा एस ओली र ओली सरकारको कट्टर विरोधी हो।

झाँक्रीको शिक्षक आन्दोलनको विपक्षमा अभिव्यक्ति दिएपछि नेकपा एसका प्रवक्ता समेत रहेका ज्वालाले त्यस्ता अभिव्यक्तिलाई पार्टी धारणाको विपरीत भनेका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘कसैलाई भ्रम नहोस्, हाम्रो पार्टी शिक्षक आन्दोलनको समर्थनमा छ। शिक्षकका जायज माग सरकारले पूरा गर्नपर्छ। आन्दोलनका विरुद्धमा बोल्नू पार्टी धारणाको विपरीत हुन्छ।’ उनले सरकारले शिक्षकहरूकाे माग सम्बाेधन गर्नुपर्ने बताएका छन्।
झाँकीले शिक्षक आन्दोलनको विरुद्ध बोलेपछि पोलिटब्युरो सदस्य सुदेश पराजुलीले पनि हिजो फेसबुक स्ट्याटस लेखेर असन्तुष्टि जनाउँदै जवाफ फर्काएका थिए।

Comments

2 responses to “रामकुमारीलाई प्रकाश ज्वालाको जवाफ- शिक्षक आन्दोलनका विरुद्धमा बोल्नु पार्टी धारणाको विपरीत”

  1. bharat kumar thapa Avatar

    प्रकाश ज्वाला यो गणतन्त्रात्मक व्यवस्था भए पनि अब निजामती शिक्षक समग्रमा सार्वजनिक प्रशासन विद्यार्थी वकिललगायतमा ट्रेड युनियन अव हटाउनुपर्छ

  2. ksp pyl Avatar
    ksp pyl

    प्रकाश ज्वालाले एमाले फुटाएको पार्टी नीति अनुसार हो ? पार्टी समेत फुटाउने अनैतिकले अरूलाई भन्न लाज लाग्दैन? झाक्रिले भनेको शत्प्रतिशत ठिक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *