काठमाडौं । काठमाडौं महानगरपालिकामा कार्यरत नगर प्रहरी उपरीक्षक (एसपी)दिनेश अर्यालविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी परेको छ । सर्लाहीको रामनगर १ स्थायी घर भई काठमाडौं महानगरपालिका ३२ बस्दै आएका होसनारायण रायले एसपी अर्याल र उनको कमाण्डमा खटिएका नाम थाहा नभएका ५ जना विरुद्ध परिसरमा उजुरी दिएका हुन् ।
यहि बैशाख ४ गते काठमाडौं महानगरपालिका ३२ च्यासलमा रहेको आफ्नो कवाड स्टोर असंवैधानिक र गैरकानूनी रुपमा सञ्चालन भएको भन्दै काठमाडौं महानगरपालिका नगर प्रहरी एसपी अर्याल र स्थानीय वडा सदस्य हिरादेवी पोखरेल समेतले हटाउन खोज्दा आफुमाथी कुटपिट गरेको प्रहरीमा पेश गरेको निवेदनमा उल्लेख छ ।
निवेदक रायले एसपी अर्याल र वडा सदस्य पोखरेले ज्यान मार्ने नियतले भत्काउन लाग्दा आफुले नहटाउन आग्रह गर्दा उनीहरु दुबै जनासहित एसपीको कमाण्डमा रहेका ५ जना नगर प्रहरीले टाउको लगायत शरीरको विभिन्न भागमा ज्यान मार्ने नियतले कुटपिट गरी बेहोस अवस्थामा पारेको निवेदनमा उल्लेख छ ।
आफु बेहोस भएपछि संघीय प्रहरीले तत्काल उठाएर बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा पुर्याएर उपचार गरेकाले ज्यान जोखिएको बताएका छन् । त्यसैले एसपी अर्याल, वडा सदस्य पोखरेलमाथी हद म्यादभित्र कानूनी कारवाहीको माग गर्दै आफ्नो शरिरमा लागेको घाउ खतको पनि जाँच गराई पाउ भन्दै रायले निवेदन दिएका हुन् ।

Leave a Reply