ज्ञानेन्द्र शाहीलगायतका राप्रपा सांसदहरूलाई संसदीय दल कार्यालयबाट निस्किन रोक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट आफूहरूलाई निस्किन नदिएको बताएका छन् ।

बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने तयारीसम्बन्धी भइरहेको छलफलको क्रममा थिए ।

राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आफूहरूलाई सिंहदरबारको संसद दलको कार्यालयमा डीएसपीको कमाण्डमा बन्धक बनाइएको नेपाल प्रेसलाई बताए ।

बिना जैवाल माननीय दीपक सिंहलगायतका सांसदहरू दलको कार्यालयमा रहेको उनले सुनाए ।

Comments

One response to “ज्ञानेन्द्र शाहीलगायतका राप्रपा सांसदहरूलाई संसदीय दल कार्यालयबाट निस्किन रोक”

  1. Ganesh rijal Avatar
    Ganesh rijal

    ठिकै गरे छ्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *