परिवारसहित किन थाइल्याण्ड जाँदैछन् देउवा ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्यान्ड जाँदैछन्। परिवारसहित आज राति देउवा थाइल्याण्डको राजधानी बैंक प्रस्थान गर्ने कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले बताए।

देउवासँग परराष्ट्रमन्त्री आरजु राणा र छोराबुहारी पनि साथ रहनेछन्। स्वास्थ्य उपचारको लागि सभापति देउवा थाइल्याण्ड जान लागेको उनले बताए।

उनले भने, ‘उहाँ स्वास्थ्य उपचारको लागि थाइल्याण्ड जान लाग्नुभएको हो। यो उहाँहरूको पारिवारिक हो। यो यहाँ कुनै राजनीतिक कार्यक्रम हुँदैन।’

सत्ता गठबन्धनभित्र असन्तुष्टि बढिरहेको बेलामा देउवा र उनकी पत्नी आरजु थाइल्यान्ड जानुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। एमालेसँगको सहकार्यको ९ महिनामै कांग्रेसभित्र केपी ओली सरकारप्रति असन्तुष्टि बढ्दैछ।

सत्ता गठबन्धनमा असन्तुष्टि बढिरहेको बेलामा माओवादी केन्द्रले देउवा प्रधानमन्त्री बने आफूहरू सघाउन तयार रहेको बताउन थालेको छ। तर, मुख्यसचिव पौडेलले थाइल्याण्डमा देउवाको कुनै राजनीतिक भेटघाटको कार्यक्रम नभएको दाबी गरे।

Comments

2 responses to “परिवारसहित किन थाइल्याण्ड जाँदैछन् देउवा ?”

  1. Krishna Shahi Avatar
    Krishna Shahi

    प्रष्टै छ, देउवाको विदेश भ्रमण सरकार परिवर्तनको प्रयासस्वरुप हो। पुरै कार्यकाल देउवालाई प्रधानमन्त्री बनाउन माओवादीले ल्याप्चे लाउने भनिसक्यो। देउवालाई प्रधानमन्त्री हुन पनि निकै हतारो छ। त्यसपछि ९ महिना नपुग्दै जसरि अहिले गगन, शेखरहरु सरकार प्रति असन्तुष्ट देेखिन्छन्, त्यसैगरि भोलि शंकर बिष्णुहरु प्रचण्डलाई ल्याप्चे लाउने प्रयास गर्नेछन् र २०८२ भित्रैै हामिले २ वटा सरकार परिबर्तन देख्ने सुवर्ण अवसर प्राप्त गर्नेछौँ। फेरिपनि भन्छु, यो हाम्रो नियती हो।

    1. manaia thompson Avatar
      manaia thompson

      yo hamro niyeti yaskaran ki hamilai ininharule brain wash garera raakhna safal bhayeka thiye.

Leave a Reply

Your email address will not be published. Required fields are marked *