दुर्घटनामा एमाले कञ्चनपुरकी अध्यक्ष बुढा घाइते

कैलाली । नेकपा एमाले कञ्चनपुरकी अध्यक्ष लक्ष्मी बुढा सवारी दुर्घटनामा घाइते भएकी छन् ।
जिल्लाको शुक्लाफाँटा नगरपालिकाको कलुवापुरमा शनिबार बिएई ०२९८ नम्बरको कारले पछाडिबाट ठक्कर दिँदा उनी घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । बुढा सवार सुपप्र ०२००४ प २६९९ स्कुटरलाई पूर्वपश्चिम राजमार्गमा कारले पछाडिबाट ठक्कर दिएको थियो ।

बुढा धनगढी तर्फ आइरहेको बेला उनी सवार स्कुटरलाई सोही दिशातर्फ आइरहेको कारले ठक्कर दिँदा घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए।

बुढाको टाउको र दायाँ हातमा चोट लागेको छ । प्रहरी निरीक्षक शर्माका अनुसार अहिले उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । कार र चालकलाई इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *